सुधन गुरुङले तीन पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानविन सुरु गरे

आइतबार, १५ चैत्र २०८२

सुधन गुरुङले तीन पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानविन सुरु गरेका छन् । गुरुङको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र उनीहरूको परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु गरेको हो ।

विशेषगरी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवास, बालकोटस्थित ओली निवास, खुमल्टारस्थित प्रचण्डको भाडाको घर र छोरी गंगाको घरमा भेटिएको रकममाथि अनुसन्धान सुरु भएको हो ।