केपी ओलीको स्वास्थ्यमा ६ प्रकारका समस्या
काठमाडौं- केपी ओलीको स्वास्थ्यमा ६ प्रकारका समस्या देखिएका छन् । जेनजी आन्दोलनमा दमन गरेर निर्दोष युवाको हत्या आरोपमा पक्राउ परेर टिचिङ हस्पिटलको आइशोलेशनमा रहेका पूर्वव्रधानमन्त्री ओलीलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइड र मुटुको धड्कन अनियन्त्रित हुने ‘एट्रियल फिब्रिलेसन’ जस्ता स्वास्थ्य समस्या देखिएका छन् ।
अस्पताल श्रोतका अनुसार उनको पित्तथैलीमा पत्थरीसमेत भेटिएको छ। ओलीको अस्पतालको एनेक्स–१ को बेड नम्बर ५०१ मा उपचार भइरहेको छ ।