गृहमन्त्री सुधन गुरुङमाथि सुरक्षा थ्रेड बढ्यो
काठमाडौं—गृहमन्त्री सुधन गुरुङमाथि सुरक्षा थ्रेड बढेपछि सरकारी गाडी प्रयोग गर्न थालेका छन् । आफ्नै निजी गाडिमा मन्त्रालय आउजाउ गरिरहेका गुरुङले चैत १६ गतेबाट सरकारी गाडि प्रयोग गरेका हुन् ।
१३ गतेमन्त्री नियुक्त भएका सुधनले निजी गाडी प्रयोग गर्ने र सुरक्षाकर्मीको ‘स्कर्टिङ’ सुविधा नलिने बताएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा थ्रेड बढेको भन्दै गुरुङले चैत १६ गतेदेखि सुरक्षाकर्मीको ‘स्कर्टिङ’ सहितको सुविधा लिएका हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरू पुगेसँगै वर्तमान मन्त्रिपरिषद्को दोस्रो बैठक बसेको छ ।