स्टडि इन, बानेश्वरको मल्टिडेस्टिनेशन एजुकेशन फेयर सम्पन्न

शुक्रबार, २० चैत्र २०८२

काठमाडौं – एसआई युकेका नामले परिचित स्टडी इनको मल्टिडेस्टिनेशन एजुकेशन फेयर सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको बानेश्वरस्थित शाखा कार्यालयमा सम्पन्न मेलामा ४ सय ५३ जना विद्यार्थीले सहभागीता जनाएका छन् । शैक्षिक मेलामा बेलायत, अष्ट्रेलिया, युरोप, न्यूजील्याण्ड लगायत देशका चर्चित २५ बढी विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

मेलामा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग सिधै भेटेर जिज्ञाशा राखेका थिए । विश्वविद्यालयका प्रतिनिधिले आफ्नो विश्वविद्यालय, होस्टल बसाई, शैक्षिक वातावरण लगाएका बारेमा प्रत्यक्ष विद्यार्थीलाई जानकारी दिएका थिए । विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

विदेशमा गएर स्नातक, स्नातकोत्तर, टप–अप, र अनुसन्धान कार्यक्रमहरू (एमआरई, एमफिल, पीएचडी) अध्ययन गर्ने योजनासहित विद्यार्थीको सहभागीताले स्टडि इन उत्साहित भएको छ । विद्यार्थीहरूले अनुभवी परामर्शदाताबाट शैक्षिक परामर्श, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विशेष छात्रवृत्ति पाएका थिए ।

मेलामा सहभागी विद्यार्थीले पाठ्यक्रम छनोट र आवेदनदेखि भिसा मार्गदर्शनसम्म प्रदान गरी अन्तर्राष्ट्रिय शिक्षामा अवरोधहरू हटाउने अवसर पाएका थिए । मेलामा सहभागी धेरै विद्यार्थीलाई विश्वविद्यालयमा भर्नासमेत गरिएको थियो । मेलामा पोटेन्सियल विद्यार्थी पाएको विश्वविलयका प्रतिनिधिसमेत उत्साहित भएका थिए ।