थप दुइ शक्तिशाली अमेरिकी लडाकू विमान खसालेको इरानको दाबी

शनिबार, २१ चैत्र २०८२

काठमाडौँ – इरानले थप दुइटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ।शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ।

उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस ९एपी०ले जनाएको छ।पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात रहेको भनेर अमेरिकी संसदको आउस आर्म्ड सर्भिसेज् कमिटीलाई सूचना पठाएको एपीले जनाएको छ।

अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि इरानले पहिलो पटक एफ(१५ लडाकू विमान खसालेको उल्लेख गर्दै समाचार लेखेको छ।शुक्रबार नै इरानले अर्को लडाकू विमान ए-१० वार्थहग खसालेको दाबी गरेको छ। उक्त लडाकू विमान कुवेतमा खसालेको दाबी गरेको छ। उक्त लडाकू विमानबाट भने पाइलटले प्यारासुटबाट हामफालेर ज्यान जोगाएको दाबी गरिएको छ।

एक अमेरिकी अधिकारीले उक्त लडाकू विमान खस्नुमा इरानी हमला कारक हो, होइन भन्ने पुष्टि नभएको भनेर एपीलाई बताएका छन्।बेपत्ता रहेका एफ-१५ लडाकू विमानका चालकलाई खोजी गर्नका लागि दुइटा ब्ल्याकहक हेलिकप्टर परिचालन गरिएको थियो। यद्यपि त्यसमा समेत इरानी हमला भएपछि फर्किएको रोयटर्सले जनाएको छ।

ती हेलिकप्टरहरू भने सुरक्षित रहेको जनाइएको छ।