भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपालमा, प्रधामन्त्री ओलीको सातो गयो ?
भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएका छछन । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।
गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’
रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो ।
उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
यति लामो समेय नेपालमा म्रमणमा आएका गोयल नेपालको भुराजनीतिमा महत्वपूर्ण भुमिका खेल्ने आशंका गरिएको छ । गुप्य शुत्रका अनुसार प्रचण्डलाई प्रधामन्त्री बनाउन ओलीलाई दवान दिने बताइएको छ ।