वैशाख ६ गते एईसीसीको ऋण मेला, तुरुन्तै शैक्षिक ऋण पाइने
काठमाडौं – नयाँ वर्ष २०८३ को सुरुमै एईसीसीले विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीलाई लक्षित गर्दै ऋण मेलाको आयोजना गरेको छ । विदेश अध्ययनको विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्रका रुपमा स्थापित एईसीसीले वैशाख ६ गते आइतबार शैक्षिक मेलाको आयोजना गरेको हो ।
मेलामा चार वटा वाणिज्य बैंकहरुको उपस्थिति रहने छ । एईसीसीको केन्द्रीय कार्यालय डिल्लिबजारमा आयोजना हुने मेलामा नेपाल एसविआई बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र नविल बैंकका प्रतिनिधिहरुको उपस्थिति रहने छ । विदेशमा अध्ययन गर्ने योजनामा बनाएका र शैक्षिक ऋणको विषयमा अलमलिएका विद्यार्थीका लागि ऋण मेला निकै लाभदायी हुने एईसीसीले जनाएको छ ।
मेलामा शैक्षिक ऋणका लागि कुन बैंकले कुन कागजातहरू माग्छन्, ऋण स्वीकृत हुन कति समय लाग्छ र बैंकहरुले शैक्षिक कर्जाका लागि कस्ताकस्ता अफरहरु ल्याएका छन् भन्ने विषयमा बुझ्न पाइनेछ । मेलामा विद्यार्थीले बैंकका प्रतिनिधिसँग सिधै आफ्नो वित्तीय कागजातहरू देखाउन सक्नेछन्, बैंकहरू बीचको ब्याजदर, समयसीमा, कामहरूको बारेमा जानकारी हुने छ भने अपुग कागजहरुको बारेमा इमानदार मार्गदर्शन प्राप्त हुनेछ ।
बिहान ११ बजेदेखि सुरु हुने मेला दिउँसो ३ बजेसम्म डिल्लिबजारस्थित सनराइज बिज पार्कमा रहेको एईसीसीको कार्यालयमा चल्ने छ । तयारी अवस्थामा रहेका विद्यार्थीका कागजातहरू पुगेको खण्डमा बैंकहरुले तुरुन्तै शैक्षिक कर्जाका लागि प्रक्रिया सुरु गर्ने बताइएको छ ।
के हो एईसीसी ?
एईसीसी नेपालको सबैभन्दा विश्वासिलो शैक्षिक परामर्श केन्द्र (शैक्षिक कन्सल्टेन्सी) हो । यहाँ विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि निशुल्क शैक्षिक परामर्श सेवा उपलब्ध हुन्छ । ‘विद्यार्थी पहिले’ दृष्टिकोण भएको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक परामर्श संस्थाका सल्लाहकारहरूको टोलीले विद्यार्थीहरूलाई उनीहरूको उच्च शिक्षाको सपना पूरा गर्न मद्दत गर्नुका साथै निष्पक्ष र इमान्दार सल्लाह दिने गरेका छन् ।
अस्ट्रेलियाको मेलबर्नमा केन्द्रीय कार्यालय रहेको एईसीसी विश्वका १४ देशमा फैलिएको छ । ८५०ं भन्दा बढी अनुभवी परामर्शदाताहरुले विद्यार्थीलाई ११००ं भन्दा बढी विश्वविद्यालयहरू, कलेजहरू, व्यावसायिक र अन्य उच्च शिक्षा संस्थाहरूमा भर्नाका लागि सहयोग गरिरहेका छन् । एईसीसीको दक्ष जनशक्तिले विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने सपनाहरू पूरा गर्न भोग्ने संघर्षहरूलाई पहिचान गरेकाले विद्यार्थीलाई मौलिक खालको परामर्शसमेत मिल्ने गरेको छ ।
विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र व्यक्तित्व प्रोफाइल अनुसार उत्कृष्ट पाठ्यक्रमहरू र संस्थाहरूमा भर्नाका लागि सुझाव दिने हुँदा एईसीसी हजारौं विद्यार्थीको रोजाईमा पर्न सफल भएको छ । अस्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, अमेरिका लगायत युरोपमा विभिन्न देशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि एईसीसी निकै सहयोगी बन्न सक्छ ।
एईसीसीबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्