नेपाल आयो विश्वको उत्कृष्ट विजनेश स्कुल EMLYON, स्टडी कनेक्टले गर्नेछ विद्यार्थी भर्ना

सोमबार, ३० चैत्र २०८२

काठमाडौं – स्टडी कनेक्ट नेपालको आयोजनामा विश्वको उत्कृष्ट विजनेश स्कुलको सेमिनार सम्पन्न भएको छ । स्टडि कनेक्टको कार्यालय कमलादीमा आयोजित सेमिनारमा विश्वको उत्कृष्ट EMLYON Business School को सेमिनार सम्पन्न भएको हो ।

सेमिनारमा फ्रान्सको EMLYON Business School का भारत उपमहाद्वीपका अपरेसन निर्देशक Mohit Anand ले EMLYON Business School मा भर्ना प्रक्रिया, छात्रवृत्ति, इन्टर्नशिप तथा फ्रान्समा विद्यार्थी जीवनबारे जानकारी दिएका थिए । कार्यक्रममा मोहितले EMLYON को विश्वव्यापी प्रतिष्ठाबारे चर्चा गर्दै EQUIS, AACSB र AMBA जस्ता अन्तर्राष्ट्रिय मान्यतासहित EMLYON Business School विश्वका शीर्ष १% बिजनेस स्कूलहरूमा पर्ने बताएका थिए ।

कमलादीस्थित Study Connect Nepal का सीईओ प्रकाश ढकालले सेमिनारको सहजिकरण गरेका थिए । उनले कार्यक्रममा फ्रान्समा स्नातक तथा स्नातकोत्तर अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै भाषा अध्ययनमा ध्यान दिन अनुरोध गरेका थिए । कार्यक्रममा प्रान्स अध्ययनको योजना बनाइरहेका १ सय बढी विद्यार्थीको सहभागीता रहेको छ ।

EMLYON Business School विश्वमा विजनेश अध्ययनको तेश्रो ठूलो ¥याङ्क शैक्षिक संस्था हो । फ्रान्स अध्ययन सम्बन्धी उत्कृष्ट शैक्षिक परामर्श संस्था स्टडी कनेक्टले नेपाली विद्यार्थीलाई फान्सका विश्व स्तरिय शैक्षिक संस्थाहरुमा विद्यार्थी भर्ना गर्दै आइरहेको छ ।