मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु

शनिबार, २६ बैशाख २०८३

काठमाडौँ– मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ ।​

मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोस्ट टंकीबाट खटिएको टोलीका अनुसार मृत्यु हुनेमा सिङगापुरका ४२ वर्षीय पुरुष रहेका छन् । उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।