अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेहरूको खुल्यो पहिचान

मंगलबार, २९ बैशाख २०८३

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा तीन महिला र पाल्पा मिसन अस्पतालमा एक जना पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा चालकसहित तीन जना यात्रु रहेका छन्।

उनका अनुसार कास्की पोखरा १९ मा बस्ने वर्ष ७८ की राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वत मोदी गा.पा ५ मा बस्ने वर्ष ५० की कौशिला रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षका चालक रमेश जिसीको मृत्यु भएको हो।

दुर्घटनामा परेकाहरू पर्वत जिल्लाबाट अर्घाखाँचीस्थित सुपादेउराली मन्दिरको दर्शनका लागि आएकाहरू हुन्।

मन्दिरको दर्शनपछि फर्किने क्रममा ध १ ख ५०४ नम्बरका बस दिउँसो पाणिनी गाउँपालिका–८, कुँडेलेबाट झन्डै एक सय मिटरमुनि खसेको थियो।