नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ भाग्दाभाग्दै पक्राउ
काठमाडौं – प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सिइओ ज्योति प्रकाश पाण्डेलाई भाग्दा भाग्दै पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युुरो (सीआईबी)ले पाण्डेलाई मोबाइल ‘अफ’ गरेर भाग्दै गर्दा पक्राउ सिन्धुलीबाट पक्राउ गरेको हो ।
पाण्डे मोबाइल अफ गरेर भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीको सहयोगमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं ६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सवारी चेकजाँचको क्रममा मिति वैशाख २९ गते राति अन्दाजी ८ बजेको पक्राउ गरी अनुसन्धान भइरहेको छ ।’
पाण्डेमाथि राज्यको सम्पत्ति अनधिकृत रुपमा बेचेको आरोप लागेको छ । पाण्डेमाथि राज्यको नाममा आइसकेको दुरसंचार प्रदायक कम्पनी स्मार्ट सेलको सम्पत्ति अवैध रुपमा लिलाम गरी ऋण सकारेको, सकारेको ऋणबाट टावर राखेको घर तथा कार्यालय रहेका घरको भाडा तथा विजुलीको भुक्तानी नगरी ठगेको आरोपमा अनुसन्धान भइरहेको छ ।