एनएमबि बैंकका ग्राहकलाई भारतको मेदान्ता अस्पतालमा विशेष छुट
काठमाडौं— एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्ता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ।
यो सहकार्यसँगै बैंकका ग्राहकहरूले मेदान्ता अस्पतालका विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्। यसअनुसार ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ।
ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाइएको एनएमबि बैंकले जनाएको छ।