रास्वपा बैठकमा हानाहान,सांसदहरु नै भागाभाग
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला कमिटीको विस्तारित बैठकमा हानाहान र भागाभाग भएको छ ।
बैठकमा विवाद चर्किंदै गएपछि पहिले सदस्यहरुबीच हानाहान भएको थियो।
सहभागी सदस्यका अनुसार त्यसपछि बैठकमा उपस्थित जिल्लाबाट निर्वाचित चार जना सांसदलाई प्रहरीले सुरक्षित तवरले बैठक हलबाट बाहिर निकालेको छ ।
सुक्रबार मात्र रास्वपाले बारा जिल्ला सभापति चन्दन स्वर्णकार लाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको थियो त्यही बिषयलाई लिएर बैठकमा तनाब उत्पन्न भएको स्रोतले जनाएको छ।