आजसम्म विप्लव नेतृत्वको नेकपालाई कति भयो क्षति ? (पूर्ण विवरण सहित)

शनिबार, ११ साउन २०७६

काठमाडौं – नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपालाई कति क्षति भयो होला ? यो सबैको चासोको विषय पक्कै हो । यस विचमा हामीले उत्त पार्टीमाथि भएको क्षतिको विवरण यहाँ प्रस्तुत गरेका छौं ।

२०७५ साल फाल्गुण २८ गतेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध अघिपनि उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परि रहेका थिए ।

प्रतिबन्ध अघि र पछि गरेर विप्लवका १ हजार ९ सय २२ जना पक्राउ परेका छन् । जसमध्ये प्रतिबन्ध पछि विप्लवका ६ सय ९ कार्यकर्ता पक्राउ परेका छन् भने प्रतिबन्ध अघि एक हजार ३ सय ५ जना पक्राउ परेका थिए । तीमध्ये एक हजार ३ सय १३ जनाविरुद्ध विभिन्न कसूरमा मुद्दा चलाइएको प्रहरी श्रोतको दावि छ ।

यसविचमा प्रतिबन्ध पछि विप्लव स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन), पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त), अर्का पोलिटब्युरो सदस्य भरत बम (रणविर) तथा उपत्यका ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य माइला लामा लगायतलाई पक्राउ गरि पुर्पक्षका कारागार चलान गरेका छ ।

त्यस्तै, उक्त पार्टीका ११ जना नेता तथा कार्यकर्ताको मृत्यु भएको छ । प्रहरीको रिपोर्ट अनुसार विप्लव नेतृत्वको नेकपा मार्फत २४ ओट हतियार बरामद गरेको छ ।

प्रतिबन्धित नेकपाबाट बरामद गरिएका हतियारहरु