पार्टीभित्र सहमति /असहमति भन्ने कुराहरू सबै भ्रमपूर्ण : शंकर पोखरेल
काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र आफूलाई जोडेर आएको सहमतिर असहमति भन्ने कुराहरू सबै भ्रमपूर्ण रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“अहिले पार्टी जुन बाटोमा हिँडेको छ, त्यो औपचारिक संस्थागत निर्णय हो । कार्यदल अहिले छलफलमै छ कुनै निष्कर्षमा पुगिसकेको छैन,” उनले भने ।
अहिले देशको आवश्यकताअनुसार सबै एकै ठाउँमा उभिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।