पहिरोले गाडी बगायो, ३ जनाको मृत्यु
रसुवा– रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा पहिरोले टाटा सुमो पुरिँदा तीन जनाको ज्यान गएको छ ।
गोसाइकुण्ड गाउँपालिका २ मा रहेको तातोपानी डाँडाबाट खसेको पहिरोमा परी ना १ ज ७८२४ नम्बरको टाटा सुमो गाडी पुरिएको थियो । गाडी पुरिँदा तीन जनाको ज्यान गएको र ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
टाटा सुमो काठमाडौंबाट गइरहेको बताइएपनि कहाँका लागि जाँदै थियो भन्ने स्पष्ट नभएको प्रहरीले जनाएको छ ।
गाडीमा १० जना यात्रु रहेको र दुर्घटनामा परेकाहरुको उद्धार तथा मृतको शव निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।