बालुवाटार जग्गा प्रकरणमा मुछिएका सरकारी कर्मचारीले गरे आत्महत्या
काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।
सामाखुसीस्थित सात तले किनमेल केन्द्र हिमालय सिटी सेन्टरको छतबाट युक्तप्रसादले हामफालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका ५४ वर्षीय श्रेष्ठको पिपुल्स् अस्पताल नयाँ बजारमा उपचारका क्रममा दिउँसो ज्यान गएको हो।
बालुवाटारको सरकारी जग्गा ललिता निवास व्यक्तिका नाममा पास गर्नका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको हो। श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो।