१६औं संकरणको ‘Sape India Education Fair’ सम्पन्न, हजारौं विद्यार्थीले लिए परामर्श
काठमाडौं – १६औं संकरणको ‘Sape India Education Fair’ सम्पन्न भएको छ । जुलाई ८ र ९ तारिख अर्थात असार २४ र २५ गते एभरेष्ट होटलमा सम्पन्न एजुकेशन फेयरमा हजारौं विद्यार्थीले ४५ बढी विश्वविद्यालयका प्रतिनिधिसँग परामर्श लिएका छन् ।
एनडिसी एजुकेशन नामक शैक्षिक कन्सल्टेन्सीको आयोजना, Sape Events को व्यवस्थापनमा सम्पन्न फेयरका २ हजार बढी विद्यार्थीले भारतका चर्चित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिने अवसर प्राप्त गरेका थिए । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशसहित सञ्चालन भएको फेयरमा विद्यार्थी, अभिभावकले भारतको शिक्षा, ट्युन फि, भारतको बसाई र भारतीय शिक्षाको उपयोगिताका बारेका विश्वविद्यालयका प्रतिनिधिसँग विशेष छलफल गरेका थिए ।
फेयर निकै लाभदायि बनेको फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकले प्रतिक्रिया दिएका थिए । उनीहरुले लाखौंको छात्रबृत्ति पाएकोमा उत्साहित हँदै विश्वविद्यालयको सुरक्षाबारे चासो राखेको, अध्ययन र अध्ययन पश्चातको करिअरबारे राम्रोसँग बुझेकाले फेयर निकै लाभदायि बनेको प्रतिक्रिया दिएका थिए ।
भारत अध्ययन गर्न चाहने विद्यार्थीलाई सहजताका लागि नेपालका धेरै शैक्षिक कन्सल्टेन्सीमार्फत भारतीय शैक्षिक संस्थाहरुलाई नेपालमा ल्याएर बास्तविकता बुझाउन मेलाको आयोजना गरिएको मेला व्यवस्थापक सेप इभेन्टका निर्देशक सन्जय थापाले बताएका छन् ।








