काठमाडौं उपत्यकाभित्र १ सय ३४ ‘शक्तिशाली बम’

आइतबार, १९ साउन २०७६

काठमाडौं – काठमाडौं उपत्यकामा १ सय ३४ ओटा पेट्रोल पम्प संचालनमा छन् । संचालनमा रहेका सबै पम्पहरुले लापरवाही गरिरहेका छन् ।

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ ।

अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो ।

तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा रहेका पेट्रोल पम्पले न्यूनतम सुरक्षा व्यवस्था नगर्दा यसले भविष्यमा गम्भीर खतराको घण्टी बजाइरहेको छ ।

उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्प जोखिममा रहेका छन् । अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण गर्ने स्थल मापदण्डअनुसार सञ्चालन नहुँदा यसले गम्भीर सुरक्षा खतरा बढाएको छ । यसले जतिवेला जेपनि हुनसक्ने अवस्था उत्पन्न भएको छ ।

‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली –२०७५’ अनुसार, पेट्रोलियम पदार्थ बिक्रेताको लागि उपत्यकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा ७ सय ५० वर्ग मिटर अर्थात् ८ आना जग्गा र सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । तर उपत्यकामा सञ्चालित १ सय ३४ वटै पेट्रोल पम्पलाई यो विनियमावलीले छुन सकेको छैन । रातो खवरबाट