पेट्रोल बोकेको ट्याङ्कर विष्फोट, ६० जनाको ज्यान गयो

शनिबार, २५ साउन २०७६

काठमाडौं – तान्जानियाको मोरोगोरो शहर नजिक पेट्रोल बोकेको ट्याङ्कर विष्फोट हुँदा ६० को मृत्यु भएको छ ।

विष्फोटमा परी ७० भन्दा बढी घाइते भएका छन् । इन्धन बोकेको ट्याङ्कर विष्फोट भई निस्किएको ज्वालाका कारण धेरैको मृत्यु भएको एजेन्सीले बताएका छन् ।

मृतक अधिकांश मोटरसाइकलमा यात्रारत भएको र उनीहरु ट्याङ्करबाट चुहिएको इन्धन जम्मा गरिरहेका जनाइएको छ ।

चुहिएको इन्धनमा चुरोटको ठुटो फाल्दा आगलागी भई विष्फोट भएको जनाइएको छ।