पूर्व सभासद्को बच्चा पाँच महिनादेखि अस्पतालमै !
काठमाडौं – पूर्वसभासदले ५ महिनाअघि जन्माएको बच्चा हालसम्म लिन अस्वीकार गर्दै अस्पतालमै छाडेको लेखेको छ ।
पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी अस्पताल भैंसेपाटीका चिकित्सकको लापरवाहीले आफ्नो बच्चामा डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै बच्चा लिन अस्वीकार गरेका हुन् ।
अन्नपूर्णका दैनिकका अनुसार, अस्पतालमा शिशु छाडेको पाँच महिना भए पनि उनीहरुले अहिलेसम्म अभिभावकत्व ग्रहण गरेका छैनन् । साह दम्पतीले बेवास्ता गरेपछि अस्पतालले नै बच्चाको हेरचाह गर्दै आएको छ । बच्चाकी आमा कहिले राति र कहिले बिहान आएर फर्किने गरेकी छन् । नर्ससँग धेरै समय बिताउने भएकाले बच्चाले अस्पतालका नर्सलाई नै आमाजस्तो मान्न थालेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णमा लेखिएअनुसार, बच्चाको अवस्था एकदमै राम्रो रहेको दाबी अस्पतालले गरेको छ । अन्य बच्चाको जस्तै शारीरिक विकास भएको र अभिभावकत्व पाए थप राम्रो हुने अस्पतालको भनाइ छ । यद्यपि, साहले आफ्नो बच्चा लिन अस्वीकार गर्दै आइरहेकी छन् ।