फेरी बढ्यो सुनको मुल्य, हेर्नुहोस कति पुग्यो ?

मंगलबार, २८ साउन २०७६

काठमाडौं – आज सुनको मुल्य फेरी बढेको छ । आज छापावाल सुन ७१ हजारमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔसत १५०७ अमेरिकी डलर पुगेकाले नेपालमा ७१ हजार रुपैयाँ हाराहारीमा कारोबार भएको हो । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

चाँडपर्वसँगै सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ । तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेको व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ ।