नेपाल टेलिकमको मोबाइल नेटवर्क देशभर अबरुद्द 

मंगलबार, १९ भाद्र २०७५

भदौ १९, काठमाडाैं – नेपाल टेलिकमको मोबाइल नेटवर्क देशभर अबरुद्द भएको छ।   आज बिहान ६-३० देखि टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएको हो ।

मोबाइल नेटवर्कमा आएको समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेलेका छन्  ।

मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही बताएको छैन । टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।

मोवाइल सेवा सुचारु गर्न मर्मतको काम भैरहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको जीएसएम सेवा बन्द भएपनि ल्याण्ड लाइन तथा अन्य सेवा भने बन्द नभएको टेलिकमले जनाएको छ ।