‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै प्रदर्शन
चितवन – पक्राउ परेका संचारकर्मी रवि लामिछानेलाई रिहा गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन भएको छ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारे अनुसन्धान गर्न भन्दै चितवन प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछानेलाई प्रहरीले विहिबार वेलुका पक्राउ गरेको थियो ।
रविका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले न्युज २४ का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन पुर्याएको थियो । प्रहरीले कडा सुरक्षाका बीच पक्राउ परेकालाई मध्यरात १ बजे चितवन पुर्याएको थियो ।
‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै प्रदर्शन नारा जुलुससहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।