कन्सल्टेन्सी क्षेत्रमा विकृति देखिएपछि इक्यान उपाध्यक्ष रिजालले निकाले गजवको उपाए
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का उपाध्यक्ष राजेन्द्र रिजालले सबै कन्सल्टेन्सीहरुका छाता संगठनहरुलाई एकजुट हुन आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सबै छाता संगठनहरु एक ठाउँमा आएर सहकार्य गर्नुपर्ने बताएका हुन् ।
उनले स्टाटस लेख्दै सबै संघ/संस्थाहरुले एउटै आचार संहिता बनाउन सुझाव दिएका छन् । उनको आशय शैक्षिक परामर्शदात्री संस्थाहरुका छाता संगठनहरु इक्यान, फेकन, नेका, आइरिन, यरि लगायतलाई एकजुट भएर शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित बनााउन सकिने बताएका छन् । सबैका एउटै आचारसंहिता हुँदा गलत र सहि छुट्यान सबैलाई सहज हुने उनको आँकलन छ ।
शैक्षिक परामर्श क्षेत्रमा हरेक दिन विकृतिका समाचारहरु मोटिभेट न्युजले प्रकाशन गर्दै आएपछि कन्सल्टेन्सी बजारमा नयाँ बहसको सुरुवात भएको छ । केहीले नजानेर गतल कार्य गरिरहेका छन् भने केहीले जानीजानी बदमासी गरिरहेका छन् ।
छुट्टा छुट्टै संस्थाका छुट्टा छुट्टै आचारसंहिता भएपछि आफू अनुकुल विश्लेषण गर्न थालिएको छ ।