स्वयम्भुमा भेटियो प्रहरीको सव, घटना संकास्पद
काठमाडौं – विवाहित प्रहरी जवान शंकर ठसुन्नाले सलको पासो लगाएर आत्माहत्या गरेका छन् । शंकर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
घटनाबारे घरपरिवार र गाउँमै बस्दै आएकी श्रीमतीलाइ समेत खबर गरिसकेको डीएसपी सुवेदीले बताए ।
शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । झुण्डिएको अवस्थामा फेला परेको शंकरको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।