रवि लामिछानेको पछिल्लो अभिब्यक्ति सार्वजनिक, खुलाए हिरासत भित्रको रहस्य
काठमाडौं – संचारकर्मी रवि लामिछानेले आफ्नी श्रीमति मार्फन नयाँ सन्देश पठाएका छन् । उनले आफू न्यायको पक्षमा रहेको तर न्याय मिल्नेका शंका बढ्न थालेको बताएका छन् ।
रविकी श्रीमति निकिता पौडेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै न्यायका पक्षमा बाधा पुर्याउन केही तत्वहरु सकृय भएको बताएकी छन् । रवि लामिछानेको भनाईलाई कोर्ड गर्दै लेखिएको स्टाटसमा उनले भनेकी छन्, ‘न्यायको अपेक्षा अझै मरेको छैन । तर न्यायको पक्षमा बाधा पुर्याउने केही तत्वहरु सक्रिय भएको महसुस भएको छ । –रवि लामिछाने’
उनको आशय हिरासत भित्रनै केही तत्वहरु आफूलाई फसाउन लागिपरेको हुनेसक्ने देखिएको छ । उनी आफै अहिले आफूलाई न्याय मिल्नेमा शंका गर्न थालेका छन् । पत्रकार सालिकराम पुडासैनीको आत्माहत्या काण्डमा रवि लामिछाने सहित ३ जनालाई अनुसन्धानका लागि चितवन प्रहरीले हिरासतमा राखेको छ ।