गुरु गोरखनाथको सन्देश – धैर्य गर्न सिक (उपायसहित)

बुधबार, ४ भाद्र २०७६

काठमाडौं – गुरु गोरखनाथ आफ्नो आश्रममा ध्यानमुद्रामा बसेका थिए । केही सञ्जनहरुले त्यहाँ आएर उनलाई प्रणाम गरे । योगीले आत्मीयतापूर्वक आसनग्रहण गर्न संकेत गरे । उनीहरु चुपचाप बसे ।

ती सञ्जनहरु योगीको मुखबाट ज्ञानका कुरा सुन्न आएका थिए । केही बेरको बसाइपछि एउटाले मौनतालाई तोड्दै योजीराजसँग उपदेश सुन्ने इच्छा ब्यक्त गरे । अरु आगन्तुकले पनि टाउको हल्लाएर त्यसैमा सहमति जाहेर गरे ।

ती आगन्तुकहरुको मनमा चञ्चलता देखेर योगीराजले विनम्रतापूर्वक भने, ‘एकछिन पर्खनुहोस् पहिला मलाई भर्न दिनुहोस् अनि म खन्याउँला ।’

ती आगन्तुकले अझ चञ्चलता देखाउँदै अलिक चाँडोको भाव देखाउन थाले । योगीराजले भने, ‘यदि तिमीहरु साँच्चिकै जिज्ञासु हौ भने पहिला धैर्य गर्न सिक । धैर्यबिनाको जिज्ञासुलाई ज्ञान दिनु भनेको चुहिने लोटामा पानी खन्याउनुजस्तै हो ।’

योगीराजको कुरामा कुनै छलकपट, दम्भ या अभिमान थिएन । उनको कुराले ती आगन्तुकहरु नतमस्तक भए । उनीहरुलाई आफ्नो गल्ती थाहा भयो ।