जनताले नरुचाउने काम नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

बिहिबार, ३१ साउन २०७५

साउन ३१, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले नरुचाउने काम नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्  । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले आवश्यक सुबिधाको मात्रै उपभोग गर्न जनप्रतिनिधिलाई सजग गराउनुभएको हो ।

कतिपय सुविधा कानूनले दिएको भनेर उपभोग नगन र अत्यावश्यकबाहेक सुबिधा त्यागेर जनताको मन जित्न आग्रह गरेका छन्  । यस्तै प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधानको भावनाअनुसार सहकारी तीनखम्बे अर्थनीति भएकाले यसलाई सबल बनाउन सरकार तयार रहेको उल्लेख गरेका हुन् ।