टाटाको गाडी चढ्ने हो ? पैसा नहुँदा पनि किन्न पाइन्छ गजवको गाडी
काठमाडौं – टाटा गाडी किन्ने सोचमा भएकाहरुका लागि खुशिको खवर छ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्ने भएको छ ।
ट्रेडिङ्गले सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सो सम्वन्धि सम्झौता गरेको छ । भेइकल लोनअन्तर्गत कमर्सियल गाडीहरू, सेमी–कमर्सियल गाडीहरू तथा प्यासेन्जर भेइकल ९यात्रुवाहक गाडीहरू० खरिदका लागि दुईवटा बैँकहरूसँग सिप्रदीले भेइकल लोन ९गाडी कर्जा० सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौताअन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भएबमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ र यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भएबमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिएको छ ।
कमर्सियल गाडी र सेमी९कमर्सियल गाडीहरूको कर्जा पाँच वर्ष भित्र चुक्ता गर्नुपर्छ भने यात्रुवाहक गाडीहरूको कर्जा सात वर्ष भित्र तिरिसक्नुपर्छ । सिप्रदी कम्पनीजका उपाध्यक्ष श्री सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सानिमा बैँकसँग भने सिप्रदीले च्यासिसको मात्र फाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ । भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कुल मूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले गाडी कर्जा प्राप्त गर्न सक्नेछन् ।
कर्जा चुक्ता गर्नका लागि ग्राहकहरूले पाँच वर्षको समयावधि पाउनेछन् । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सानिमा विकास बैंकका रिटेल लेन्डिङ विभागका प्रमुख हेमराज संजेलले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सिप्रदीका अनुसार ग्राहकहरूको पहिलो रोजाई बन्ने कम्पनीको उद्देश्यअनुरूप उक्त सम्झौता गरिएको हो । टाटाका गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूलाई सम्झौताहरूले आर्थिक रूपमा सहज बनाइदिने सिप्रदीको विश्वास छ । अब टाटाका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि सहज पैसा तिर्ने प्रणाली र प्रकिया छिटो अघि बढ्नेछ भने कागजात गर्न झञ्झट हुनेछैन ।