यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

शुक्रबार, २० भाद्र २०७६

मकवानपुर – मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले सर्लाहीबाट काठमाडौं जादै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घटना भएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये तीन जनाको मृत्यु भएको हो । एक जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको सिंहले जानकारी दिए । अन्य घाइतेहरुको सामान्य उपचारपछि डिस्चार्ज भएको पनि उनले जानकारी दिए ।

दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो ।