बौनिया घैटोफोड कार्यक्रम सम्पन्न, विजेताले पाए २० हजार !

मंगलबार, १९ भाद्र २०७५

भदौ १९,बौनिया – ‘सडकपुर बौनिया’ युवा क्लबको आयोजनामा सोमबारबाट बर्दगोरिया गाउपालिका १ बौनियामा रहेको बसन्त मुरारी माध्यमीक बिद्यालयमा सञ्चालन भैरहेको बृहत घैटाफोड कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा समावेश चार वटा खेलहरु मध्य सबैभन्दा महत्वपूर्ण र आर्कषक खेल आकासे घैटो फोड कार्यक्रम मंगलबार पशुपती युवा क्लब रानीकुणाले फुटाएसंगै सो कार्यक्रम सम्पन्न भएको हो ।

यसअघि सोमबार सम्पन्न भएका खेलहरुमा म्युजिकल चेयर जुन महिलाहरुका लागि मात्र सञ्चालन गरीएको थियो त्यसमा सिर्जु मगर विजयी हुदा,भुई घैटो फोडमा कोसेली एफ.एम ९७ मेघाहर्जका पत्रकार पदम ओजी विजयी भएका थिए भने पाईप चड्ने कार्यक्रममा ओप्पो चौधरी सफल भएका हुन् ।

विजेताहरुलाई बर्दगोरिया गाउपालिका अध्यक्ष वलीराम डगौरा थारु ,वडा नं. ३ का अध्यक्ष करने सुनार लगायतकाले पुरस्कार प्रदान गरेका थिए । बौनिया बजारमा विगत लामो समयदेखी श्री कृष्ण जन्मा अष्टमीको भोलि पल्ट यो कार्यक्रम सञ्चालन हुदै आइरहेको छ । जसमा आकासे घैटो फोडको विजेताले २० हजार एक,पाईप चडाईको विजेताले २५ सय एक ,भुईको घैटो फोडको विजेताले २ हजार एक र म्युजीकल चेयरको वीजेताले १२ सय १ रुपैया प्राप्त गरेका थिए । क्लबका सचिव धिरज शाहीले सञ्चालन गरेको कार्यक्रम क्लबका अध्यक्ष प्रकास साउदको अध्यक्षतमा भएको हो ।