प्रचण्डले दिए भारत विरोधी अभिब्यक्ति, भारतले के गर्ला ?
काठमाडौं – सत्तारूढ केपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् । नेपालको भूमिलाई कुनै पनि बाहनामा चीनविरूद्ध प्रयोग गर्न नदिइने उनले बताए। ‘नेपाल सधैं एक चीन नीतिमा दृढ छ । हाम्रो भूमिबाट चीनविरूद्धका गतिविधि हुन दिदैनौं,’ उनले भने।
प्रचण्डले चीन सरकार र त्यहाँका व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। चिनियाँ दुतावासले शनिबार काठमाडौंमा गरेको नेपाल–चीन व्यापार सम्बन्धी कार्यक्रममा उनले भने, ‘निर्धक्क भएर नेपालमा लगानी गर्न आब्हान गर्दछौं।’
नेपालमा राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरेका प्रचण्डले लगानीमैत्री वातावरण बन्दै गरेको पनि बताए। सरकारले मुलुकको आर्थिक विकास र समृद्धिको नयाँ यात्रा सुरूवात गरेको उनले बताए।
नेपालले एक चिन नीति लिएको भन्दै भारतको विरोध गरेका छन् । नेपालको अर्थतन्त्र भारत भर परेको भन्दै अव त्यसलाई चिर्न चिनसँग हातेमालो गरेको बताए । चिनसँग व्यापार विस्तार गर्दै भारतको सिंडिकेट तोड्नुपर्ने उनको आशय छ ।