अच्चमको संयोग : श्रीमती सम्मान थाप्ने श्रीमान सम्मान गर्ने, कसले किन गर्यो आरजुलाई सम्मान ?

शनिबार, २१ भाद्र २०७६

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजु राणा देउवा ‘द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मानित भएकी छन् । नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले शनिबार लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै डा. देउवालाई सम्मान गरेको हो ।

समितिले दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यत्तित्वलाई उक्त सम्मान दिने गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणपत्र तथा दोसल्ला ओडाएर डा। देउवालाई सम्मान गरेका हुन् ।‘जय नेपाल’ स्मारिकाको विमोचन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा ।

भारतको पञ्जाव विश्वविद्यालयबाट मनोबिज्ञानमा विद्यावारिधी गरेकी डा। देउवाले विगत चार दशकदेखि नेपाली महिला शशक्तिकरणको विभिन्न क्षेत्रमा काम गर्दै आएकी छन् । साथी नामक संस्थाको संस्थापक भएर महिला हक र अधिकारमा क्रियाशिल डा।देउवाले त्यसपछि विभिन्न संस्था हुदौ नेपाली कांग्रेसमा रहेर महिला अधिकार र लोकतन्त्रको सवलिकरणमा काम गर्दै आएकी छन् । तत्कालिन संविधानसभा सदस्यको रुपमा उनले संविधानमा महिला अधिकार स्थापित गराउन संविधान निर्माणका क्रममा संविधानसभाभित्र महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन् ।