काठमाडौंमा बम आतङ्क, फेरी भेटियो अर्को बम
काठमाडौं – काठमाडौंमा शुक्रबार वेलुका पशुपति मन्दिर आसपासमा दुई ओटा बम भेटिएका छन् । शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र मन्दिरको गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ ।
बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो । बम भेटिएसँगै सो क्षेत्रमा केहीबेर त्रास फैलिन पुगेको थियो । सो बम सकेट बम भएको बताइएको छ । बम कसले र किन राख्यो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।