इक्यान चितवनमा हिम्मत पुरी निर्वाचित, कसले कति भोट ल्याए ? मतपरिणाम सहित
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाको अध्यक्षमा हिम्मत पुरी निर्वाचित भएका छन् । शुक्रबार चितवनमा भएको निर्वाचनमा पुरीले अर्को उमेद्वार एकराज डल्लाकोटीलाई १७ मत अन्तरले पराजित गरेका छन् ।
अध्यक्षमा पुरीले ३२ भोट ल्याउँदा डल्लाकोटीले जम्मा १५ भोटमा चित्त बुझाएका छन् । उपाध्यक्षमा समुन्द्र अर्याल जम्मा १ भोटले विजयी भएका छन् । उनले २४ मत पाउँदा उनका प्रतिशपर्धी रविन केसीले २३ मत मात्र प्राप्त गरे ।
त्यस्तै सचिवमा हेमराज सिग्देल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा दिपक चन्द्र भट्टराईले बाजी मारेका छन् । सिग्देलले २४ मत ल्याएर विजयी भएका छन् भने भट्टराईले २८ भोट प्राप्त गरेका छन् । सदस्यहरुमा किशोर सुवेदी, भविन्द्र गुरुङ, आशिष दवाडी र प्रवास कुमार थापा क्षेत्री विजयी भएका छन् ।
इक्यान चितवनको अध्यक्षमा पुरी निर्वाचित भएतापनि काम गर्न भने सहज छैन् । अध्यक्षमा विजयी पुरीको प्यानबाट जम्मा दुई जना सदस्यमात्र निर्वाचित भएका छन् । सदस्यमा निर्वाचित आशिष दवाडी र प्रवास कुमार थापा क्षेत्री पुरी प्यानलबाट निर्वाचित भएका हुन् भने उपाध्यक्षदेखि सचिव, कोषाध्यक्ष र दुई जना सदस्य डल्लाकोटी प्यानबाट विजयी भएका छन् ।
