सलमानको फिल्म ‘दबंग ३’ को एक्सन ट्रेलर सार्वजनिक (भिडियो सहित)
एजेन्सी– बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । यो भन्दा अगाडिको फिल्म ‘चुलबुल पाण्डे’ ले दर्शकको मन जित्न सफल भएका सलमान खानले ‘दबंग ३’को तेस्रो सिक्वेलमा आउँदा पनि एक्सनलाई नै पहिलो प्राथमिकता दिएका छन् । सलमानका फिल्ममध्ये ‘दबंग’ सिरिज धेरैनै लोकप्रिय रहेको छ ।
सलमानले यसअघि फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेका थिए । त्यस पोस्टरबाट दर्शक धेरे उत्साहित भए । यतिबेला भने उनले ट्रेलरबाट दर्शकको मन जितेका छन् । शो ट्रेलरमा सलमान बाहेक सुदीप र सोनाक्षी सिन्हालाई पनि देख्न सकिन्छ ।
प्रभु देवाले निर्देशन गरेको यो फिल्म हिन्दी सहित अन्य भाषामा डिसेम्बर २० बाट रिलिज हुँदैछ ।