फिल्म ‘घामड शेरे’ को रिलिज मिति सर्याे
काठमाडौं – रिलिजको एक दिनअघि फिल्म ‘घामड शेरे’ को रिलिज मिति सरेको छ । हल सञ्चालकहरुले पर्याप्त शो नदिँदा निर्माण टिमले रिलिज मिति सार्नुपरेको बताएका छन् ।
फिल्म ‘घामड शेरे’ दशैँमा रिलिज हुने भएको थियो । फेरि पछि फिल्म कार्तिक ८ गते रिलिज हुने फाइनल भएको थियो । दशैँमा पनि धेरै फिल्म जुध्ने हुदाँ फिल्मको रिलिज मिति फेरि कार्तिक २२ गते सरेको हो ।
हेमराज बिसीले निर्देशन गरेको फिल्म ‘घामड शेरे’ मा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । बिसीकै निर्माण तथा लेखन रहेको यो फिल्मले रिलिजअघि नै राम्रो चर्चा पाएको छ ।
आज शुक्रबारदेखि हिन्दी चलचित्र ‘हाउसफूल ४’ प्रदर्शनमा आएको छ । सो फिल्मले मल्टिप्लेक्स हलमा हिन्दी फिल्मलाई बढी शो र नेपाली फिल्मलाई कम शो दिएपछि ‘घामड शेरे’ को रिलिज मिति दुई हप्तापछाडि सरेको हो ।