रजनीकान्तको फिल्म ‘दरबार’ को मोशन पोस्टर रिलिज

शुक्रबार, २२ कार्तिक २०७६

एजेन्सी–रजनीकान्तको आगामी फिल्म ‘दरबार’ को मोशन पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा रजनी प्रहरीको भूमिकामा एक्सन गदैैैँ देखिएका छन् ।

यस फिल्मको निर्देशन गजनी निर्देशक एआर मुर्गादोशले गरेका हुन् । सिनेमाको मोशन पोस्टर हिन्दी, तमिल, तेलेगु तथा मल्यालम गरी एकसाथ ४ भाषामा रिलिज गरिएको छ ।

यो मोशन पोस्टर सलमान खान, महेश बाबु तथा मोहन लालले सेयर गर्दै सार्वजनिक गरेका हुन् । फिल्ममा रजनीको जोडीको रुपमा नयनतारा देखिएकी छिन्। उनीहरू बाहेक सुनिल शेट्टी तथा प्रतीक बब्बर मुख्य भूमिकामा देखिनेछन्।