फिल्म ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ एकैसाथ प्रर्दशनमा
काठमाडौं– फिल्म ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ आजबाट एकैसाथ प्रर्दशन आएको छ । छुट्टा–छुट्टै कथामा निर्माण भएका दुई फिल्म मध्ये ‘जीवन काँडा कि फूल’ बिनोद बिष्टको निर्देशन गरेका हुन् भने भने ‘घामड शेरे’ हेमराज बिसीले निर्देशन गरेका हुन् ।
साहित्यकार झमक कुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । लामो समयदेखि प्रदर्शन मितिको पर्खाइमा बसेको फिल्म निर्देशक विनोद विष्टले नै निर्माण गरेका हुन् । फिल्ममा झमक सानो हुदाँको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले निर्वाह गरेकी छिन् ।
झमकको बहिनिको भूमिकामा स्वीकृति शर्मा र सारिका घिमिरेरहेका छन् । बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानले अभिनय गरेका छन् । ३० भन्दा बढी कलाकारको अभिनय रहेको फिल्ममा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ ।
‘घामड शेरे’ हेमराज विसीले निर्देशन गरेका हुन् भने नरेन्द्र मैनालीको छायाँकन गरेका हुन् । फिल्ममा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ । निश्चल र स्वस्तिमा बाहेक फिल्ममा सुष्मा निरौला र गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्यालको अभिनय देख्न सकिन्छ ।