युद्वका लागि तयार रहन प्रहरीलाई धम्की ? सिंहदरवारमा खैलावैला
कावासोती – नेपाल प्रहरीलाई अज्ञात समूह युद्धका लागि तयार रहन धम्की दिएको छ । पूर्वीनवलपरासीको हुप्केकोट गाँउपालिका ५, धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर खाली गर्न अज्ञात समूहले धम्की दिएको हो ।
प्रहरी नायव निरिक्षक गंगाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न धम्की आएको बुझिएको छ । उनको मोवाइलमा अज्ञात समुहबाट युद्व गर्ने भए युद्वको लागि तयार भएर बस, नभए हतियार छोडेर चौकी खाली गर भनेर म्यासेज आएको थियो । अज्ञात समूहबाट धम्की आएपछि तत्कार जिल्ला प्रहरी कार्यालयमा खवर गरिएको कोइरीले जानकारी गराए । म्यासेज मार्फत प्रहरी कार्यालय खाली गर्न धम्की आएपछि अहिले जिल्लाका सुरक्षा निकायलाई प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले बताए ।
घटनाबारे जानकारी प्राप्त भएपछि कार्यालयबाट प्रहरी निरिक्षक राजन ढकालको नेतृत्वमा टोली इलाका प्रहरी कार्यालय रुद्रपुर पठाइएको रानाभाटले बताए ।