चिनियाँ राष्ट्रपतिको पनि जल्यो पुत्ला

मंगलबार, २६ कार्तिक २०७६

कपिलवस्तु– ‘गो ब्याक चाइना’ भन्दै कपिलवस्तुमा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाइएको छ । नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि चर्को विरोध प्रदर्शन जारी राखेका छन् । भारतले नेपालका कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको विरोधमा युवाहरुले आन्दोलन चर्काएका हुन् ।

स्थानीय युवाहरुले कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।