बाघको आक्रमणबाट एक हप्तामा २ जनाको मृत्यु,

बुधबार, २७ कार्तिक २०७६

 

जिल्लाको राप्ती–सोनारी–८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको मङ्गलबार पाटे बाघको आक्रमणबाट ज्यान  ज्यान भएको छ ।

यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जङ्गलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो

दिनदहाडै बाघको आक्रम्रण बढेपपछि स्थानीयहरु त्रसित बनेका छन् ।

यी घटनापछि बाघलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिएका छन् ।