को को बने युवा संघका जिल्ला संयोजक र सह–संयोजक ? (नामावली सहित)

बिहिबार, २८ कार्तिक २०७६

काठमाडौं – सत्तारुढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको जिल्ला नेतृत्व टुंगो लागेको छ । ७७ वटै जिल्लामा संयोजक र सहसंयोजकलाई चयन गरेर समायोजनलाई पुणाता दिएको हो ।

संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहणको कार्यक्रम राखेको छ भने मंसिर १ गते राष्ट्रिय भेला गर्ने राष्ट्रिय युवा संघले जनाएको छ । यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् ।

यद्यपि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न बाँकी छ । ‘पर्सिको बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज पनि तोक्छ बताइएको छ । युवा संघको केन्द्रीय कमिटी ३३५ सदस्यीय छ । केन्द्रीय कमिटीका सदस्यहरुको शपथ ग्रहण तथा बैठक यही कात्तिक ३० गते बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुनेछ । त्यसैगरी मंसिर १ गते राष्ट्रिय भेला हुनेछ ।