फिल्म ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

बिहिबार, २८ कार्तिक २०७६

काठमाडौं – नेपाली फिल्म ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्मको ट्रेलर बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । शो फिल्म कमेडी शैलीमा निर्माण गरिएकोे छ ।

फिल्मको ट्रेलरमा धेरै पैसाको पछि लाग्दा जीवनमा के कस्तो हुन्छ भनेर पनि देखाइएको छ । यस फिल्मको अभिनयमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अस्मिता खनाल रहेका छन् ।

रेनु राणा, दीपक खतिवडा र रुपक थापाको लगानी रहेको फिल्ममा गौतम शाह सह–निर्माता छन् । त्यसैगरि फिल्ममा अनिष स्याङदेनको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन रहेको छ भने लेखन तथा निर्देशन जोन योञ्जनको रहेको छ ।

उक्त फिल्म मङ्सिर २७ गतेबाट नेपालको हल–हलमा प्रदर्शन हुदैँछ ।