राइटपाथको वेलायत अध्ययनसम्बन्धी ग्राण्ड सेमिनार भव्य, भोली चितवनमा (फोटो फिचर)

शुक्रबार, २९ कार्तिक २०७६

काठमाडौं – राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको वेलायत अध्ययनसम्बन्धी ग्राण्ड सेमिनारमा विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका छन् । काठमाडौंको पुतलीसडकमा रहेको राइटपाथको केन्द्रीय कार्यलयमा सेमिनारको आयोजना गरिएको थियो ।

सेमिनारमा २ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सेमिनारमा वेलायत अध्ययनका सम्भावनाहरु, आवश्यक कागजात, शैक्षिक लोन र आएल्सलगायतका विषयहरुमा जानकारी गराइएको थियो ।

सेमिनारमा सहभागि भएका विद्यार्थीहरुले ठाउँको ठाउँ अफर लेटर पाएका छन् । सक्कली डकुमेन्ट बोकेका विद्यार्थीहरुले आफर लेटर पाएको बताइएको छ । उक्त सेमिनारमा अंग्रेजी माध्ययमबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि अंग्रेजीमा ६० प्रतिशत वा सो भन्दा बढि अंक ल्याएर उत्तिर्ण भएकाहरुलाई पनि अफर लेटर पाएका थिए ।

राइटपाथले शनिवार चितवनमा र आइतबार हेटौडामा सेमिनार गर्दैछ । सेमिनारमा वेलायतको चर्चित विश्वविद्यालय UNIVERSITY OF HUDDERSFIELD का प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।