नेपाली सैनिकले गर्यो २७ सय सेनालाई कारवाही

सोमबार, २ मंसिर २०७६

काठमाडौं – सैनिक मुख्यालयले विगत ६ बर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारवाही गरेको छ । नेपाली सेनाका विभिन्न दिमा रहेर सैनिक ऐन विपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारवाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तब्य ज्यान मुद्दामा मुछिएका, जवरजस्ती करणी, चोरी, ठगी, लागुऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजनासम्म मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारवाही गरेको हो । कारवाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिकसमेत छन् ।

नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञादेव पाण्डेले २०७१ सालदेखि हालसम्मको अवधिमा २ हजार ७ सय १५ जना सैनिकमाथि विभिन्न शिर्षकमा कारवाही भएको बताए । सैनिक मुख्यालयका अनुसार गत बैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारवाही भएको छ ।

आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरुलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि बैशाखयता कारवाही भएको हो । उक्त समाचार राजधानी दैनिकमा प्रकाशित छ ।