वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

सोमबार, २ मंसिर २०७६

काठमाडौं– वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ । शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान ६ बजे निधन भएको हो ।

शर्माको पारिवारिक सदस्य अविरल गौतमले घोराही उपमहानगरपालिका–१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाए । दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने छ । शर्मा नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक, राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी दाङका सस्थापक सेक्रेटरीसमेत हुन् ।