यस्तो छ फिल्म ‘सेल्फी किंङ’को ‘फर्स्ट लुक’, माघ २४ हलमा
फिल्म ‘सेल्फी किङ’को प्रदर्शन मिति तय भएको छ। ‘सेल्फी किङ’ माघ २४ गते प्रदर्शन हुने तय भएको निर्माण टिमले जनाएको छ। फिल्मको रिलिज डेटसँगै अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की ‘फिचर्ड’ छन्। फिल्ममा विपिन कार्की ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन्। ‘सेल्फी किङ’ले कलाकारले कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ।
निर्देशक दिनेश राउतले आफ्नो फेसबुक पेजमा फिल्मको रिलिज डेट र पोस्टर सार्वजनिक गरेका छन्। राउतले लेखेका छन्, ‘दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाउन सफल चलचित्र प्रसाद पछि हामी लिएर आउदै छौँ – चलचित्र सेल्फी किङ।’