भुकम्पको केन्द्रविन्दु बझाँङ, कति रेक्टर हो भुकम्प ?
काठमाडौं – मंगलबार वेलुका नेपालको पश्चिम क्षेत्रमा ठुलो भुकम्प गएको छ । भुकम्पको केन्द्रविन्दु बझाँङमा रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार वेलुका ७ बजेर १५ मिनेटमा ५.७ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ । त्यस क्षेत्रमा कतिको क्षेति भएको छ भनेर एकिन विवरण आउन बाँकी छ ।
नेपालको रप्तीपारि र भारतको नयाँ दिल्ली आसपाससम्म भुकम्पको धक्का महसुस गरिएको थियो । भारतीय संचार माध्ययमहरुले ठुलो क्षति भएको हुनसक्ने आँकलन गरेका छन् ।
